याक्थुङ लिम्बु प्रदर्शन कला ‘या? ला:ङ्’ !
- प्राज्ञ अमर तुम्याहाङ येहाङ लाओती कार्यपत्रको सार याक्थुङ लिम्बु जाति आफ्नो मौलिक भाषा, संस्कृति, कला, जीवनदर्शन, जीवन बाँच्ने पृथक पद्धति भएको जाति हो । यस जातिमा मौलिक लोक नाच, भाका र गायकी पनि युगौँदेखि प्रयोग भइआएका छन् । यिनको प्राचीनता याक्थुङहरूको शास्त्र मुन्धुम, कृषियुग, सिकारी युगआदिसँग जोडिने गरेको पाइन्छ । यस्तै धेरै लोक नाच परम्परामध्ये धान नाच र त्यससँग जोडिएको पालाम बारेमा यस पत्रमा चर्चा गरिएको छ । प्रदर्शन कला धान नाच र त्यससँग सम्बन्धित गायन पालामको आफ्नै प्रकारको प्राकृतिक वृत्त रहेको छ । यहाँ धान नाचको उद्भव, विकास, धान नाचका प्रकार, पालाम (सङ्क्षिप्त वर्णन) र धान नाचको अवस्था र उपादेयताबारेमा चर्चा गरिएको छ । शब्दकुञ्जी कि?लिक्क्या, कुसरक्पा, के़ङ्जोली, ख्याली, ताम्राङ्ग्या, पालाम्, या? ला:क्, या? ला:ङ्, सिर्धाप्प्या । विषय प्रवेश याक्थुङ लिम्बु जातिमा कृषिसँग सम्बन्धित प्रदर्शनकारी कलाहरू ‘ताम्अ:क्मा ला:ङ्’ (मकै गोड्दा नाचिने नाच), या? ला:ङ् (धान नाच), फुङ्सोक (गुरुपूजा) मा प्रदर्शन गरिने धानको बिउ राख्ने, रोप्ने, गोड्ने, थन्कयाउने, ...
Comments
Post a Comment