Posts

Showing posts from May, 2024

याक्थुङ लिम्बू जातिका संस्कारहरू

Image
  - अमर तुम्याहाङ हामी दैनिक जीवनमा नुहाउने, खानपान गर्ने, लुगा लगाउने, पढ्ने, पूजापाठ गर्ने आदि नियमित कामहरू गर्दछौँ । यसका साथै विशेष अवसरहरूमा विशेष खालका विधिहरू पनि हामी सम्पादन गर्दछौँ जस्तै न्वारन, पास्नी आदि । जन्मदेखि मृत्युसम्म गरिने यस्ता विविध विधि विधानहरू नै संस्कारहरू हुन् । संस्कारहरू जाति, समुदाय वा धर्म सम्प्रदायअनुसार फरकफरक हुन्छन् । याक्थुङ  लिम्बू  जातिको पनि आफ्नै मौलिक संस्कार छन् । नेपालको सर्न्दर्भमा लिम्बू जाति पूर्वी नेपालका आदिवासी हुन् । उनीहरूको आफ्नै धर्मर्-दर्शन छ । उनीहरूको धर्म - दर्शनको मूल आधार मुन्धुम् हो । त्यहीँ दर्शनमा आधारित उनीहरूको संस्कार छ । हुन त दर्शनले मात्रै संस्कार निर्देशित गर्ने होइन कतिपय अवस्थामा संस्कारले दर्शन निर्माणमा पनि भूमिका खेल्न सक्छ । यो दोहोरो अवस्था याक्थुङ लिम्बू जातिको धर्मर्-दर्शन र संस्कारमा के कति छ त्यो त अर्को खोजी कै विषय भयो । संस्कार निर्मणमा राज्य शासनले पनि महत्वपूर्ण भूमिका खेल्छ । यही अवस्था याक्थुङ लिम्बू जातिमा पनि अनुभूत गर्न सकिन्छ । लिम्वू जातिको इतिहासलाई अध्ययन गर्दा ये़त्हाङ (आ...

यक्वा तङ्नाम/यक्वापूजा !

Image
मञ्जुल याक्थुम्बा  हामी सावा येहाङका सन्तति किरात वंशीय लिम्बूहरूले कृषियुगमा प्रवेश गरेदेखि नै हरेक साल बीउबिजन जमिनमा छरफोखगर्नु (रोप्नु) अघि आफ्ना इष्टदेवताहरू, पूर्वजहरू र प्रकृतिलाई यथाशक्य सम्मानका साथ पूजाआजा गरी सकेपछि मात्र खेतीपातीगर्ने वा बालीनाली लगाउने परम्परा परापूर्वकालदेखि आजसम्म गरिआएको छ । निर्मित पूजास्थलमा आई सभक्ति यथाशक्य अर्पण गरिएका सेवालाई अर्पणगरी समयमै वायु, वर्षात, घामपानी प्रदानगरी हामीले लगाएको बालीनाली विघ्नबाँधारहित सप्रोस, पाकोस् भनी सृष्टि पालन, संहारकर्ता, जलचर, थलचर, नभचर र सहस्यमय विश्वव्रम्हाण्डका मालिक, सर्वव्यापी, सर्व शक्तिमान, सर्वज्ञाता, अनन्त, अद्वितीय, अदृष्य महान्शक्ति, म्येन्निमाङ, म्येन्धामाङ, तागेरा निङ्वाफुमाङमा पुकार गर्दै यक्वापूजामा पुजिने विभिन्न साम्माङहरू, पूर्वजहरू र प्रकृतिसमेतको पूवाअर्चना गरी प्रार्थना गरिने पूजालाई नै यक्वापूजा भनिन्छ । यस समयमा सूर्य उत्तरायणतर्फ प्रवेशगर्दा वसन्त क्रतुको आगमनका साथै आरुफुल्ने, चराचुरुङ्गी र माछाहरूसमेत उँभोतर्फ (उत्तर) लाग्ने, बीजविजनहरूमा अङ्कुरणशक्ति पैदाहुने भएकोले यस पूजालाई खसभाषाम...

लिम्बू भाषा साहित्यको अनुवाद : स्थिति र सम्भावना !

Image
  – अमर तुम्याहाङ   थालनी लिम्बू भाषा लेख्य परम्परा भएका भाषाहरू (रा.भा. नीति सु.आ. प्रतिवेदन , २०५०) मध्येको एक हो । तर एकीकरणको क्रममा पृथ्वीनारायण शाहबाट वि.सं. १८३१ श्रावण २२ गते (६ अगस्ट १७७४ ई.) का दिन ... लिम्बू राजाहरूलाई सम्झौता गर्न राजी तुल्याएपछि विजयपुर दरबारमा नुन—पानीको कसम खाएर भाइचार (Brotherhood) को सन्धि (संग्रौलाः २०६७ , पृ. ४८) गरेर पृथ्वीनारायण शाहको लिम्बुवानका राजाहरूलाई नेपालका राजाको भारदारको उपाधि र लिम्बुवानलाई सहराज्यको मार्यादा (नेम्बाङः २०१० ई. , पृ.१७) दियाइपछि केही कालसम्म अनुकूल रहे तापनि पछिबाट लिम्बू भाषा लेखपढमा प्रतिकुलता रहयो । मुलुकका जनताजनार्दनका लागि पढ्नु अपराध मानिने राणाशासन कालमा लिम्बू भाषामा पढ्न पाउनु कल्पनाभन्दा बाहिरको कुरा थियो । पञ्चायत कालमा पनि स्वभाषा र लिपिमा लेखपढ गर्नु लिम्बूहरूको लागि प्रतिबन्धित नै थियो र लिम्बू भाषामा लेखपढ गर्नेहरूले जेलनेल भोग्नु प ¥ यो भने कतिले आजीवन निर्वासन भोग्नु प ¥ यो , मातृभूमिमा आफ्नो प्राण त्याग्ने अवसरबाट पनि वञ्चित हुनु प ¥ यो । यस्तो दुर्नियती भोग्दै आएको लिम्बू भाषाले समृद्धि ...